एमाले अध्यक्षमा फेरि ओली
भीम रावलसँग चुनावी प्रतिस्पर्धामा जितेर केपी ओली फेरि एमालेको नेतृत्वमा चुनिएका हुन्

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित भएका छन् । सातौं महाधिवेशनमा माधव नेपाल जस्तै शक्तिशाली देखिने गरी ओली महाधिवेशन स्थल चितवन पुगेपनि उनीसँग भीम रावलले चुनावी प्रतिस्पर्धा गरेका थिए ।
पार्टीभित्र सर्वसहमतीका साथ अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले चुनौति दिएपछि मतदान भएको थियो ।
विहान ४ वजेदेखि १० बजेसम्म भएको मतदानको मत परिणाम अनुसार ओलीले १८३७ मत प्राप्त गरी विजय प्राप्त गरेका हुन् । उनीसँग प्रतिस्पर्धा गरेका रावलले २२३ मत ल्याएका थिए ।
पार्टीभित्र माधव नेपाल, झलनाथ खनाल नरहेको र अलग्गै पार्टी बनाउन पुगेको अवस्थामा एमालेमा ओली शक्तिशाली थए । त्यसमाथी उनले महाधिवेशन प्रतिनिधी चयनकै बेला देखि जिल्लाबाटै सर्वसहमतीका साथ आफना पक्षका महाधिवेशन प्रतिनिधीहरुलाई चुनेर ल्याएका थिए ।
ओली अधिक मतले विजय हुने स्वत देखिएपनि रावलले लोकतान्त्रिक प्रक्रियालाई मान्नुपर्ने र निर्वाचनमा आफुले एक मत प्राप्त गरेपनि प्रतिस्पर्धामा जाने अडान अन्तिमसम्म नछोडेपछि चुनाव भएको थियो । रावलका पक्षमा रहेका लाई उनको पर्चा समेत वाढ्न रोक लगाईएको थियो भने ओलीले वन्दशत्र हलमा सर्वसहमतिका लागि राखेको ३०१ को प्रस्ताव र पदाधिकारीको प्रस्ताव भन्दा वाहिर रहेर मतदान नगर्न ओली पक्षका नेताहरुले महाधिवेशन प्रतिनिधी रहेका मतदातालाई चिट नै वाँढेका थिए ।
त्यसरी गरिएको निर्वाचनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् । आउने फागुनमा ७० वर्ष पार गरेर ७१ वर्षमा प्रवेश गर्न लागेका ओलीले एमालेमा ७० वर्षे उमेर हद कायम रहेपनि त्यो उमेर भन्दा अगावै निर्वाचित भएको पदमा निर्वाचित पदको कार्यकाल रहँदासम्म काम गर्न पाउने गरी विधानमा सहजता बनाएर अध्यक्ष बनेका हुन् ।
यसो हुँदा उनी ७१ वर्ष उमेर हद पार गरेपनि एमाले अध्यक्षकै रुपमा रहनेछन् ।


















दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
Philippines forces kill 10 Islamist militants in arrest gunfight
कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
Devotees throng at Matatirtha to pay homage to deceased mothers
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया