एमाले उपाध्यक्षमा शाक्य सबैभन्दा बढी मतले विजयी, भुसाल पराजित
मेरोन्यूज
२०७८ मंसिर १४ गते १६:२१

काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षको मतगणना सकिएको छ । मंगलबार एमाले १० औं राष्ट्रिय महाधिवेशनमा भएको मतदानको उपाध्यक्षको मतगणना सकिएको हो । एमाले केन्द्रीय निर्वाचन समितिका अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पराजित भएका छन् । उनले ७३५ मतका पाए । यस्तै अष्टलक्ष्मी शाक्य १९७६ मत ल्याएर विजयी भएकी छन् । यस्तै सुरेन्द्र पाण्डेले १९३५ मत, रामबहादुर थापा बादलले १७६८, विष्णु पौडेलले १८५८ मत, युवराज ज्ञवालीले १८४३ मत र सुवास नेम्वाङले १८५५ मत ल्याएका छन् । निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ । उपाध्यक्षमा विजयी भएकाहरु सबै केपी ओलीले बन्दसत्रमा पेश गरेका नामहरू हुन् ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया