कांग्रेस केन्द्रीय सदस्यमा सुदूरपश्चिमबाट ३ जनाको उम्मेदवारी घोषणा

कैलाली । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेशबाट ३ जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेमा बझाङका विष्णु ऐडी, डोटीका हर्क देउवा र कैलाली निर्वाचन क्षेत्र नम्बर २ का भरत शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै सोही पत्रकार सम्मेलनमा कास्कीका गुरु बरालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्दै देउवाले कांग्रेसलाई सु–संस्कत बनाएर लैजानको लागि कम्युनिष्टरहित नेपाल बनाएर कांग्रेसलाई पहिलो बनाउनका लागि आफनो उम्मेदवारी रहेको बताए । यस्तै ऐडीले पनि सुदृढ र व्यवस्थित काँग्रेस बनाउनु आफ्नो भूमिका हुने बताए । यस्तै बरालले केन्द्रमा युवाहरुको प्रतिनिधित्व होस भनेर आफूले उम्मेदवारी दिएको बताए ।
अर्का आकांक्षी शाहीले पार्टीमा आफूले लामो समय योगदान गरेको र केन्द्रीय समितिमा बसेर काम गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेको बताए ।


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)
प्रतिक्रिया