बुधबार, वैशाख २, २०८३

सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ)

मेरोन्यूज २०८३ वैशाख १ गते १६:४८

सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलको घोषणापत्र र प्रतिबद्धताहरूलाई समेटेर प्रतिवेदनको मस्यौदा सार्वजनिक गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिवेदनमाथि वैशाख १० गतेभित्र रायसुझाव मागेको छ ।

उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ र त्यसपछिका वर्षको वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार एजेन्डासँग आवद्ध गरिने बताइएकाे छ । यो प्रतिबद्धताको कार्यान्वयन विभिन्न विषयगत मन्त्रालय तथा निकायले आफ्नो वार्षिक कार्यक्रम र बजेटमा समावेश गरी गर्ने उल्लेख गरिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ ।

राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा १८ वटा क्षेत्र समेटिएका छन् । आर्थिक क्षेत्रमा स्थायित्व र सुधार, कृषि पेसाको सम्मान र आत्मनिर्भरता, पर्यटन र नागरिक उड्डयन, ऊर्जा विकास र उपयोग, खानी तथा खनिज, पूर्वाधार विकास क्षेत्र परेका छन् ।

प्रतिक्रिया