नेप्से परिसूचकमा गिरावट

काठमाडौँ । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।
मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको शेयर मूल्य बढेको छ भने बाँकी ७ सूचकहरुको घटेको छ । आज जलविद्युत ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बीमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बीमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ ।
आज कारोबारमा १०१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया