चौधरीले गरे अध्यक्षसहित नाडाको प्यानल घोषणा

काठमाडौं । नाडा अटोमोबाइल्स नेपाल संघको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार राजधानीमा एक कार्यक्रम गरी चौधरीले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
चौधरीको प्यानलका १७ सदस्यहरूमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी रहेका छन् ।
यस्तै, निलममणि पाठक, वरदान बस्नेत, निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीसमेत चौधरीकै प्यानलमा समाहित भएका छन् ।
नाडाको ४५ औँ साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही मंसिर २२ र २३ गते हुँदैछ ।
निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमितिले पदाधिकारीहरूको टुंगो लगाउने छ ।
यसअघि नै अर्का अध्यक्षका उमेदवार व्यवसायी ध्रुव थापाले पनि प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेका छन् ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया