चौधरीले गरे अध्यक्षसहित नाडाको प्यानल घोषणा

काठमाडौं । नाडा अटोमोबाइल्स नेपाल संघको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
बुधबार राजधानीमा एक कार्यक्रम गरी चौधरीले प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
चौधरीको प्यानलका १७ सदस्यहरूमा सुनिल रिजाल, अनुप बराल, सुरेन्द्र कुमार उप्रेती, बिक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योति, मिलनबाबु मल्ल, पंकज अग्रवाल, प्रकाश कपुरी रहेका छन् ।
यस्तै, निलममणि पाठक, वरदान बस्नेत, निसान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीसमेत चौधरीकै प्यानलमा समाहित भएका छन् ।
नाडाको ४५ औँ साधारणसभा तथा नयाँ कार्य समितिको निर्वाचन यही मंसिर २२ र २३ गते हुँदैछ ।
निर्वाचित अध्यक्षसहितको सदस्यले अन्य कार्यसमितिले पदाधिकारीहरूको टुंगो लगाउने छ ।
यसअघि नै अर्का अध्यक्षका उमेदवार व्यवसायी ध्रुव थापाले पनि प्यानलसहितको उम्मेदवारी घोषणा गरिसकेका छन् ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
प्रतिक्रिया