बागमती प्रदेश कार्य समिति सदस्यमा मधुकर खनालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस बागमतीे प्रदेश कार्य समिति सदस्यमा मधुकर खनालले उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत यही मंसिर १७ र १८ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा नेता खनालले प्रदेश कार्य समिति सदस्य उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट सर्वाधिक मतसहित विजयी भएका खनाल बागमतीमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । कांग्रेसमा अग्रजलाई सम्मान र युवालाई जिम्मेवार बनाउनु पर्ने उनको बताए । ‘नेपाली कांग्रेसको रुपान्तरणको निम्ति प्रदेश सदस्यमा उम्मेदवारी दिन लागेको हुँ ’खनालले भने,‘निष्ठा निरन्तरता र पार्टीप्रतिको प्रतिबद्धतालाई कदर गरौं ।’

को हुन खनाल ?
२०५५ सालमा जन प्रशासन क्यापसको इकाई स्ववियू सभापतिबाट राजनिति यात्रा सुरु भएको थियो । त्यसयता उनी निरन्तर राजनीतिमा लगनशीलता, निरन्तरता जारी नै रह्यो । खनालले राजसंस्था कति भनेर प्रमुख भूमिकामा रहेर बहस नै चलाएका थिए ।
खनाल क्रमश नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यसमेत बने । खनाल कांग्रेसले गरेको प्रतिगमनविरुद्धको आन्दोलनमा निरन्तर सहभागी भए । भने कांग्रेसले २०६० माघ १९ पछि आन्दोलनमा पक्राउ परे । त्यो समयमा खनाललाई ३ महिना २१ दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले क्रुरतापूर्वक नजर बन्द राखेका थिए ।
तत्कालीन ज्ञानेन्द्रको शासन कालमा खनाललाई सुशील कोइरालाले खनाललाई भक्तपुरको पार्टीको सम्पर्क व्यक्ति तोकेका थिए ।
खनालले जनआन्दोलन २0६२–0६३ को आन्दोलनमा मध्यपुर ठिमी नगरपालिकाको आन्दोलनको मुख्य नेतृत्व गरेका थिए । १२ औँ महाधिवेशनमा खनाल काभ्रे जिल्ला कार्य समितिको सदस्य थिए । विगत ३ वर्षदेखि पार्टीको सूचना, सञ्चार प्रचार विभागको केन्द्रीय सदस्यका रहेका खनाल विभागले सञ्चालन गरेको ‘छहारी संवाद’का प्रस्तोतासमेत हुन् । जस्तोसुकै कठिन परिस्थितिमा पार्टीका लागि खम्बा बनेर उभिने नेताका रुपमा खनाल चिनिन्छन् ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया