तालिवानले गरे सय जना ‘पूर्व सुरक्षाकर्मी’ बेपत्ता

काठमाडौँ । तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पूर्वसरकारका सुरक्षाकर्मीलाई क्षमा दिने बताए पनि स्थानीय कमान्डरले पूर्वप्रहरी र सेनालाई निशाना बनाएको मानव अधिकारवादी समूह (ह्युमन राइट वाच)ले बुधबार जनाएको छ ।
सबै सरकारी अधिकारीहरूलाई क्षमा दिई उनीहरूको सहयोग लिएर अघि बढ्ने बताएको करिब सय दिनमा आफ्नो समूहविरूद्ध तत्कालिन सरकारलाई सहयोग गरेको आरोपमा सयभन्दा बढी पूर्व सुरक्षाकर्मीको हत्या गरेको उक्त मानव अधिकारवादी समूहले जानकारी गराएको हो । उनीहरूको निशानामा विपक्षी निकट देखिने सर्वसाधारण पनि पर्ने गरेको बताइएको छ ।
समूहले पूर्वसेनामाथि गरिएका योजनाबद्ध हत्याको विरोध गरेको छ । यद्यपि, तालिवान प्रवक्ताले जारी एक विज्ञप्तिमा आफ्नो समूहले पूर्व सुरक्षाकर्मीलाई लक्षित गरी कारबाही गरेको भन्ने समाचारहरू सत्य नभएको बताएका छन् ।
तालिवानले १५ अगस्टमा पूर्वराष्ट्रपति असरफ गनीको सरकार पदच्युत गरेको थियो । तालिवानको पुनः उदयपछि अफगानिस्तानमा विगत २० वर्षदेखि रहेको अमेरिकी सेनाले काबुल छोडेको थियो ।
पूर्वसरकारका सुरक्षाकर्मीलाई आममाफी दिइने बताए पनि उनीहरुमाथिको शृंखलाबद्ध हमला रोकिएको छैन । तालिवानले ठूलो संख्यामा प्रहरी र सर्वसाधरणको हत्या गरेको थियो । सत्तापलट गर्नुभन्दा १८ महिनाअघि तालिवानले ठूलो नरसंहार मच्चाएको थियो । उसले न्यायाधीश, पत्रकार र नागरिक अभियन्ताको हत्या गरेको थियो ।
वाचले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार तालिवानले सत्ता सम्हालेपछि निरन्तर विरोधीलाई निशाना बनाएको उल्लेख छ । वाचका अनुसार तालिवानले गजनी, हेलमन्ड, कुन्दुज र कान्दहरमा सय जनाभन्दा बढीको हत्या गरेको छ । तालिवानले कारबाहीको सूची तयार पारेका व्यक्ति अहिले फेला नपरेकोले उनीहरुको पनि हत्या भएको हुन सक्ने जनाइएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया