कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा पाँच जनाको दाबेदारी

कैलाली । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गन आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै छ । प्रदेश अधिवेशन नजिकिएसँगै प्रदेश सभापतिका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा विद्यार्थी नेतादेखि पूर्वराजदूतसम्मका नेताहरुले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्नेमा केही यसअघि नै चर्चामा रहेका र केही नयाँ छन् ।
सभापतिका लागि बझाङका पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंगबहादुर सिंह, अछामका पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, कैलालीका पार्टी सभापति नरनारायण शाह (मनु), कैलालीकै महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल र डोटीका महाधिवेशन प्रतिनिधि विद्यार्थी नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदावरी घोषणा गरेका सबै संस्थापन पक्षधर हुन् ।
अधिवेशन सुरु हुँदासम्म पनि संस्थापनइतरका कुनै पनि नेता सभापतिका आकांक्षी देखाएका छैनन् । त्यस्तै, प्रदेश समितिका अन्य पदमा पनि उम्मेदारी घोषणा गर्नेक्रम जारी छ । प्रदेश समितिको महामन्त्रीका लागि कैलाली क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि उत्तम कठायत र अछाम क्षेत्र नम्बर २ का बलबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै, कैलाली क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित युवा नेता लक्ष्मण शाही र बाजुराबाट महाधिवेशन प्रनिनिधिमा निर्वाचित गुरुदेव केसी (सुमन)ले प्रदेश सह–महामन्त्रीमा उम्मेदवारी रहेको घोषणा गरेका छन् । नेताहरुले प्रदे्श समितिको विभिन्न कोटामा उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।
आज दिउँसो १ बजे धनगढीको ओम पार्टी प्यालेसमा प्रदेश अधिवेशन उद्घाटन हुने कार्य तालिका रहेको प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारले जानकारी दिए । उनका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र मनोनयन गरेर शुक्रबार मतदान हुने कार्य तालिका छ । प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
सुदूरपश्चिममा कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमिति समेत गठन गरिएको छ । अधिवेशनका लागि प्रदेशका ९ वटै जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी ९७२ प्रतिनिधि धनगढी पुगिसकेको प्रचार प्रसार समिति संयोजक सुनारले जानकारी दिए ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया