बुधबार, फागुन २०, २०८२

नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी

मेरोन्यूज २०७८ मंसिर १६ गते ९:४०

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनले आफूले दुई वर्ष नाडामा रहेर काम गर्दा अटोमोबाइलको हितविपरीत काम नगरेको बताएका थिए । उपाध्यक्ष चौधरीले अध्यक्षमा सक्षम व्यक्ति आउनु पर्ने भन्दै नेतृत्व गर्न सक्छु भन्ने विश्वासका साथ आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए । उनले संस्थालाई र अटोमोबाइल क्षेत्रलाई कसरी अघि लिएर जाने भन्ने कुराको सोच बनाएर नै उम्मेदवारी दिएको बताएका थिए ।

‘मैले मुटुमाथि हात राखेर एउटा चिज भन्छु, मैले अटो मोबाइलको हितविपरीत मेरो कम्पनीलाई फाइदा होस्÷नहोस् अटो मोबाइल्सका एउटा पनि कदम चालेको छु भने म अध्यक्षको पदको प्रत्यासी पनि हुनु हुँदैन,’ उनले भने, ‘काम गर्न सक्छु भन्ने व्यक्ति अगाडि आउनु पर्छ, यो कुरालाई कसरी कुन उचाईमा लिएर जाने भन्ने कुरा सोचेको व्यक्ति अगाडि आउनु पर्छ ।’

उपाध्यक्ष चौधरीले आफ्नो अध्यक्षतामा १८ सदस्यीय प्यानल घोषणा गरेका हुन् । जसमा अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई रहेका छन् ।

प्रतिक्रिया