कांग्रेस प्रदेश अधिवेशन २ बजे उद्घाटन हुने, चार बजे लोगो सार्वजनिक गरिने
मेरोन्यूज
२०७८ मंसिर १६ गते १०:१३

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबार सबै प्रदेशको अधिवेशन सुरु हुँदै छ । आज पार्टीको प्रचार प्रसार समितिले गरेको पत्रकार सम्मलेनमा समितिका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन कार्य तालिका भने शुक्रबारदेखि मात्रै सुरु हुने बताए ।
प्रवक्ता शर्माका अनुसार सबै प्रदेशमा हुने अधिवेशनको सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै, आजै चार बजे महाधिवेशन लोगो सार्वजनिक गरिने छ ।
‘हामी पहिलोपटक पार्टीको प्रदेश अधिवेशन गर्दै छौँ, बिहीबार दिउँसो २ बजे सभापति ज्यूले ती अधिवेशनको उद्घाटन गरेपछि अधिवेशन सुरु हुन्छ,’ समिति प्रवक्ता शर्माले भने ।
सम्बन्धित


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया