मंगलबार, पुष १, २०८२

कांग्रेस बागमती प्रदेश अधिवेशनअघि र्‍यालीमा निकाल्ने तयारी

मेरोन्यूज २०७८ मंसिर १६ गते १०:२२

काठमाडौँ । नेपाली कांग्रेसको आज हुने बागमती प्रदेश अधिवेशनमा १० हजारभन्दा बढी नेता तथा कार्यकर्ताले हेटौँडामा र्‍याली निकाल्ने भएका छन् ।

नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालय संयोजक प्रदीप कोइरालाले मेरो न्यूजसँग भने, ‘हेटौँडाको बुद्ध चोकबाट अधिवेशन स्थल वन विज्ञान अध्ययन स्थान (फरेष्ट्री)सम्म करिब १० हजार जना नेता कार्यकर्ताहरु ऱ्यालीमा सहभागी हुने छन् ।’

अधिवेशन आयोजना स्थलमा र्‍याली पुगेलगत्तै सभामा परिणत हुने उनको भनाई छ । प्रदेश अधिवेशनलाई बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन् ।

प्रतिक्रिया