बुधबार, वैशाख ९, २०८३

कांग्रेस महाधिवेशन : संस्थापनइतरले लुम्बिनीमा लगायो उम्मेदवारको टुंगो

मेरोन्यूज २०७८ मंसिर १६ गते १४:३५

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदै छ । अधिवेशनमा हुने निर्वाचनका लागि संस्थापनइतरले लुम्बिनी प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ ।

Advertisement
NiccNicc

संस्थापनइतरले लुम्बिनी प्रदेशको सभापतिमा रोल्पाका अमरसिंह पुनलाई अघि सारेको छ । गुल्मीका उपसभापतिमा भुवन श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकलाई उठाउने संस्थापनइतरको जनाएको छ ।

प्रदेशको महामन्त्रीमा नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यलाई अगाडि सारेको छ । प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दै छ । चुनाव आगामी शनिबार हुने छ ।

५१ प्रतिशत मत हासिल मात्र प्रदेश सभापति निर्वाचित हुने कांग्रेसको विधानमा उल्लेख छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः दोस्रो चरणको मतदान हुने विधानमा व्यवस्था छ ।

प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् ।

प्रतिक्रिया