आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग

काठमाडौँ । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत उपप्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले उक्त निर्णय तत्काल फिर्ता गरी खुला प्रतिस्पर्धाबाट आवश्यक दरबन्दीको पदपूर्ति गर्न सरकार समक्ष माग गरको हो ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै विश्वविद्यालय शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको शिक्षण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सक्षम र दक्ष प्राध्याापकको आवश्यता पर्ने हुँदा आवश्यकताका आधारमा खुला प्रतिस्पर्थाबाट छनोट गरिनुपर्ने बताइएको छ ।
विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन पनि विज्ञप्तिमार्फत सरोकारवाला सबैसँग माग गरिएको छ । उक्त निर्णयको विरोधस्वरूप भोलि देशभरका आङ्गीक क्याम्पसमा प्रमुखमार्फत कुलपति, सहकुलपति र उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कायक्रम रहेको पनि जानकारी गराइएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया