शनिबार, वैशाख ५, २०८३

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरबदल

मेरोन्यूज २०७८ मंसिर १७ गते १०:०४

कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको मनोनयन दर्ता कार्य तालिका फेरिएको छ । प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सर्वसम्मतको प्रयासका लागि केही समय परिवर्तन गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्य तालिका रहेकोमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो २ बजेदेखि ४ बजे गरिएको छ ।यस्तै, मनोनयन पत्रमाथि पर्ने दाबी, विरोध दर्ता गर्ने जाचबुझ गर्ने ४ः३० बजेदेखि दिउसो ५ बजे सो उपर निर्णय ५ः३०, उम्मेदवारको नेपाली वर्णनुक्रम (देवानगरी, लिपि) पहिलो नाम प्रकाशित गर्ने ५ः३० बजे कायम गरिएको छ ।

यस्तै, मनोनयन फिर्ता लिने ५ः३० देखि ६ः३० बजे, अन्तिम नामवली प्रकाशन साँझ ७ः३० बजे र मतदान भोलि बिहाना ८ बजेदेखि तोकिएको छ । प्रदेश कार्य समितिका लागि सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ (१ महिला सहित) र प्रदेश सदस्य ५१ जना रहने छन ।

प्रदेश सभापतिका लागि नेता वीरबहादुर बलायरलाई सभापति सर्वसम्मत रूपमा बनाउने प्रयास भइरहेको छ । यद्यपि, प्रदेश सभापतिका आकांक्षी कैलाली सभापति नरनारायण शाह र अछामका गोविन्दबहादुर शाह सहमत छैनन् ।प्रदेशमा सभापतिका आकाक्षी थपिने क्रम जारी छ ।

यसअघि, सुदूरपश्चिम प्रदेश सभापतिका लागि पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाही (अछाम), पूर्वराज्यमन्त्री तथा राजदूत अर्जुनजंग बहादुर सिंह (बझाङ), कैलाली जिल्ला सभापति नरनारायण शाह, कैलाली निर्वाचन क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावल, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्दबहादुर बोहरा र डोटीका महाधिवेशन प्रतिनिधि पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया