गाउँपालिकाले दुई जना इन्जिनियर पढाउने
काठमाडौँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि आठ लाख बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाले त्यसको लागि कार्य विधि बनाउने अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए । कार्यपालिकाले छात्रवृत्तिसम्बन्धी कार्यविधि बनाएर खुला सूचना प्रकाशित गर्नेछ । विपन्न लक्षित कार्यक्रम भएकाले सरकारी स्कूलमा अध्ययन गरेका गरिब, दलित, आदिवासी जनजाति समुदायकालाई प्राथमिकता दिइने योजना रहेको छ ।
गाउँपालिका क्षेत्रमा प्राविधिक क्षेत्रमा लाग्ने जनशक्ति कम देखिएकाले प्राविधिक जनशक्ति प्रवद्र्धन गर्नु पर्छ भन्ने हेतुले गाउँपालिकाले सुरुआत गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।
सरकारी कलेजमा पढ्न पुग्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानीमा इन्जिनियर बनेपछि गाउँपालिकामा बसेर सेवा पनि गर्लान् भन्ने सोच पनि गाउँपालिकाको रहेको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया