प्रचण्डलाई हेला गरेर भए पनि मान्छे चितवन आए : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै चितवन सबैको नजरमा परेको बताएका छन् । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै धेरैले हामीलाई हेर्न चाहेकाले सबैको नजरमा परेको बताएका हुन् ।
प्रचण्डले माओवादी नै मजदुर, किसान, महिलालगायत विभिन्न तह र तप्कामा मानिसको हक अधिकारका लागि लडेको बताए । यसै क्रममा उनले आफूलाई शक्तिशाली पार्टी बताउनेहरू यस परिवर्तनलाई उल्टाउने पक्षमा रहेको दाबी गरे ।
‘अलिअगाडि ठूलो मेला लाग्यो नि नारायणीको तिरमा, त्यो चितवनलाई माया गरेरै त होला, चितवनलाई हेला गरेर त पक्कै पनि होइन होला, यहाँको बाटाघाटा हेर्नलाई पनि होला,’ नेकपा एमालेलाई लक्षित गर्दै उनले भने, ‘अनि प्रचण्ड र रेणुलाई जिताउने जनता कस्ता रहेछन भनेर तपाईहरूलाई हेर्न पनि होला, प्रचण्डलाई हेला गरेर भए पनि चितवन आए, तपाई हामी सबैलाई खुसीकै कुरा हो, मैले भनेको छु, अरु पनि चितवन नै आए हुन्छ ।’
उनले पार्टीमा जोडिन पुगेका सबै नेता तथा कार्यकर्तालाई धन्यावाद दिँदै शुभकामना दिए ।


















इन्धनको मूल्यवृद्धिले जिल्लाका १२५ ठेक्का रोकिन सक्ने
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
दक्षिण लेबनानमा आवागमन पुनः सुरु
डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया