आइतबार, वैशाख ६, २०८३

माओवादी पत्रकारहरुको महाधिवेशन चितवनमा शुरु

मेरोन्यूज २०७८ मंसिर १८ गते १५:२९

चितवन । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन शनिवारदेखि चितवनमा शुरु भएको छ ।

महाधिवेशनको उदघाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यस पटकबाट स्थानीय तहमा समेत संगठन निर्माण गरेको प्रेस सेन्टरको जिल्ला शाखा तथा प्रतिष्ठानहरुको निर्वाचन सम्पन्न भएपछि महाधिवेशन गर्न लागिएको हो ।

माओवादी पत्रकारको संगठनमा लामो समयदेखि नेतृत्वमा रहँदै आएका पार्टी नेता महेश्वर दाहाललाई महाधिवेशनले बिदा गर्ने भएको छ ।

सेन्टरको नयाँ नेतृत्वमा बलराम थापा, विष्णु सापकोटा ‘जुगल’ र सचिन रोका आकांक्षी छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयासमा पार्टी नेताहरु लागेका छन् ।

प्रतिक्रिया