कांग्रेस बाग्मति अधिवेशनः ६१ प्रतिशत मतदान
मेरोन्यूज
२०७८ मंसिर १८ गते १९:४७

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ ।
दुई हजार एक ५० जना मतदाता रहेको बागमती प्रदेशमा १ हजार ३ सय २५ जनाले मात्रै मतदान गरेको निर्वाचन समितिले जनाएको छ । राती १० बजेसम्म मतदान गर्न पाउने भएकाले अरु केही मत झर्ने अपेक्षा गरिएको छ ।
निर्वाचनका लागि कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १–१ वटा मतदान केन्द्र स्थापना गरिएको छ ।
बाग्मति प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।
सम्बन्धित


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया