आइतबार, वैशाख ६, २०८३

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता

मेरोन्यूज २०७८ मंसिर १९ गते ७:०५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनकाे मत गणना जारी छ । नयाँ नेतृत्वका लागि भएको मतदानको मत गणना अन्तिम चरणमा पुगेको हो । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनले सुरुदेखि नै अग्रता कायम राखेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पछिल्लो मत परिणामअनुसार २९ सय मत गन्दा लिङ्देनले १३ सय ७१ मत पाएका छन् । अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२ सय ५४ मत पाएको राप्रपा निर्वाचन समितिले जनाएको छ । शनिबार भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो ।

प्रतिक्रिया