पराजयपछि थापाको प्रतिक्रिया-निर्मल निवासको नांगाे हस्तक्षेप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापा पराजित भएका छन् । करिब १९ वर्ष पार्टीको अध्यक्ष भएर काम गरेका थापा राप्रपाको राष्ट्रिय एकता महाधिवेशनबाट अध्यक्षमा पराजित भएका हुन् ।
थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भए । लिङ्देनले १८१७ मत प्राप्त गर्दा थापाले १६१७ मत ल्याए । अध्यक्षमा पराजित थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको बताएका छन् ।
उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु। मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
तर थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । उनले ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’ शनिबार भएको मतदानको आइतबार बिहान मत परिणाम आएको हो ।



















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया