बिहीबार, पुष ३, २०८२

कांग्रेस सुदूरपश्चिममा देउवा पक्षको प्यानल विजयी

मेरोन्यूज २०७८ मंसिर १९ गते १२:१३

काठमाडौँ । नेपाली कांग्रसको सुदूरपश्चिम प्रदेश सभापतिमा बिर बहादुर बलायर निर्वाचित भएका छन् । आइतबार सम्पन्न मत गणनामा बलायर विजयी भएका हुन् । उनले ६८८ मत ल्याएर विजयी भएका हुन् ।

अर्का अध्यक्षका प्रत्यासी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जनाले मतदान गरेका थिए । बलायर पार्टी सभापति शेर बहादुर देउवा पक्षका हुन् भने मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । सुदूरपश्चिम प्रदेशमा वलायरको प्यानल विजय भएको हो ।

यस्तै बलायर प्यानलका उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थी ५२३ मतले विजयी भएका छन् । महामन्त्रीमा मेघराज खड्का ६४८ र नरनारायण शाह ६३५ मत ल्याएर निर्वाचित भए । यसैगरी सह महामन्त्रीमा चिन्तामणि भट्ट ५२९, गोपालदत्त भट्ट ५३३ र अम्बिकाकुमारी चलाउने ६८६ मत प्राप्त गरी निर्वाचित भएका छन् । अब सदस्य पदको मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया