डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

डोटी । नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ ।
दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताए । रासस










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया