डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व

डोटी । नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ति पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए । दिपायल सिलगढी र शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल र बडिकेदार गाउँपालिकामा कमिटी गठन गरिएको छ ।
दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराको अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षतामा ३९ सदस्यीय तथा केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको बोगटीले बताए । रासस


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया