‘ए’ डिभिजन लिगः आर्मीको पहिलो जीत
मेरोन्यूज
२०७८ मंसिर १९ गते २०:५२

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जीत दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जीत दर्ता गरेको हो ।
खेलको ८५ औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका हुन् । ब्रिगेड ब्वाइजले कुनैपनि गोल गर्न नसकेपछि खवासको गोल नै जीतका लागि निर्णायक बन्यो ।
बिग्रेड ब्वाइजले लिगको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले पराजित गरेको थियो भने अर्को खेल एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।
जीतसँगै आर्मीको ३ खेलबाट ५ अंक पुगेको छ भने ब्रिगेड ब्वाइजको ४ अंक छ ।
सम्बन्धित


















आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया