शुक्रबार, पुष ४, २०८२

कांग्रेस लुम्बिनी सभापतिमा पुन विजयी

मेरोन्यूज २०७८ मंसिर २० गते ८:२३

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै पुन विजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरे भने शाहले ७६७ मत पाए ।

निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । प्रदेश कार्यसमितिमा अधिकांश पदाधिकारी तथा सदस्य पुन प्यानलकै निर्वाचित भएका छन् । उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भए ।

महामन्त्रीमा पुन समूहका बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । महिला सहमहामन्त्रीमा पुन प्यानलका निमा गिरी विजयी भएकी छन् ।

प्रतिक्रिया