कांग्रेस लुम्बिनी सभापतिमा पुन विजयी
मेरोन्यूज
२०७८ मंसिर २० गते ८:२३

काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई पराजित गर्दै पुन विजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गरे भने शाहले ७६७ मत पाए ।
निर्वाचनमा १६ सय ३१ मत खसेको थियो । प्रदेश कार्यसमितिमा अधिकांश पदाधिकारी तथा सदस्य पुन प्यानलकै निर्वाचित भएका छन् । उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भए ।
महामन्त्रीमा पुन समूहका बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित भएका छन् । त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन् । महिला सहमहामन्त्रीमा पुन प्यानलका निमा गिरी विजयी भएकी छन् ।
सम्बन्धित


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया