कांग्रेस प्रदेश १ अधिवेशनः गुरुलाई जसको साथ, उसैबाट आघात
दुई मतले पराजित गुरुलाई शेखर, सुजाता र महेशले मतदान गरेनन्

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धब थापा निर्वाचित भए । संस्थापन इतर पक्षका गुरु घिमिरे थापासँग मात्र २ मतले पराजित भए । घिमिरे झिनो मतले पराजित भएपछि संस्थापन इतर पक्षमा खैलाबैला नै मच्चिएको छ ।
अहिले घिमिरेको पराजयको कारण संस्थापन इतर समूहमा खोजी भइरहेको छ । प्रदेश सभापतिमा पराजित घिमिरे नेबि संघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थिए ।
मोरङका एक नेताका अनुसार घिमिरेले करिब २६० मतले जित्ने अनुमान थियो । ती नेताले घिमिरेको हारमा तीन जना केन्द्रीय नेतामाथि आरोप लगाएका छन् ।
शेखर, सुजाता र महेशले मतदान गरेनन्
मतदानस्थलमै पुगेर पनि मतदान नगरेको मोरङका नेता कार्यकताको आरोप छ । केन्द्रीय नेताहरु अझ अहिलेका सभापतिका आकांक्षी डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले मतदान नगर्दा घिमिरेले हारेको संस्थापन इतर पक्षकै नेता कार्यकताको आरोप छ । यदि तीन जनाले घिमिरेलाई मतदान गरेको भए घिमिरे एक मतले निर्वाचन हुन्थे ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र देउवा समूहबाट उठेका थापाले ८४४ मत ल्याए भने संस्थापन इतर समुहबाट मैदानमा होमिएका घिमिरेले ८४२ ल्याएर पराजित भए । शनिबार भएको मतदानमा १८०४ मत खसेको थियो ।
थापालाई सभापति शेरबहादुर देउवा समुहले पनि समर्थन गरेको थियो ।
शेखरले मतदान नगरेकोमा मागे माफी
प्रदेश १ को सभापतिमा गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन् । शेखर मतदानस्थलमा उपस्थित भएर पनि मतदान गरेका थिएनन् ।
शेखरले मतदानस्थलमै भएर पनि मतदान नगरेको भन्दै आफ्नै गुटभित्र आलोचित बनेपछि सामाजिक सञ्जालबाटै उनले माफी मागेका छन् ।
तर उनको माफीको कुनै अर्थ नभएको कार्यकर्ताको भनाई छ । ‘अब सायद यसको मूल्य शेखर आफैले आसन्न महाधिवेशनमा चुकाउनुपर्नेछ ।’– उनी निकटकै एक कार्यकर्ताले भने ।
कांग्रेस १४औं महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने–नपाउने विषय सुरुदेखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो, ‘तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,’ शेखरले सामाजिक सञ्जालमा लेखेका छन् ।


















गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया