बोहोराटार बैठकमा प्रकाशमानसँगैः दुई दिनभित्र साझा उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहमा पछिल्लो समय असन्तुष्टी रहँदै आएका प्रकाशमान सिंह पनि सोमवारको गुटगत बैठकमा सहभागी भएका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमवार साँझा संस्थापन इतर समूहको छलफल भएको थियो । संस्थापन इतर समूहको छलफलबाट दुई दिनभित्रै सहमतिमै साझा उम्मेदवार बनाउने निश्कर्ष निकालिकाएको छ ।
पौडेल निवासमा बसेको सभापतिका अकांक्षीहरुको बैठकले २ दिनभित्रै सभापतिको साझा उम्मेदवारबारे तय गर्ने निर्णय गरेको हो ।
बैठकमा पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला सहभागी थिए । पौडेलसहित कांग्रेसका संस्थापन इतर चारै जना नेताहरु सभापतिको दाबेदार छन् ।
बैठकमा महाधिवेशन अन्तर्गत भएको प्रदेश तथा जिल्ला अधिवेशनकाबारेमा पनि समीक्षा भएको थियो । प्रदेश अधिवेशनबारेमा आफ्ना पक्षका सबै बसेर थप समीक्षा गर्नुपर्ने निश्कर्षमा उनीहरु पुगेका छन् ।
सभापतिको उम्मेदवारबारे छलफल गर्न मंगलबार संस्थापनइतर समूहको केन्द्रीय सदस्यहरूको बैठक बस्दैछ ।


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया