माओवादीको राष्ट्रिय सम्मेलनमा यसरी चुनिन्छन् प्रतिनिधि (सर्कुलरसहित)
१५ सय मात्रै प्रतिनिधी हुने, जनप्रर्दशन नगर्ने, प्रतिनिधीले खान बस्न आफैले ब्यवस्थापन गर्नुपर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि मात्रै सहभागी हुने भएका छन् । काठमाडौंको प्रज्ञा भवन कमलादीमा हुने राष्ट्रिय सम्मेलनमा माओवादी केन्द्रले जनप्रर्दशन भने नगर्ने निर्णय लिएको छ ।
पुस ११–१३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन हुन लागेको हो । सम्मेलनको लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अहिले राजनीतिक दस्तावेज लेखनको तयारीमा जुटेका छन् ।
सम्मेलनमा कति हुन्छन् सहभागी ?
केन्द्रीय पदाधिकारीबाट करिब ५ सय जना राष्ट्रिय सम्मेलनमा सहभागी हुन्छन् । केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट तीन तीन जनाका दरले ५० सय जना प्रतिनिधि हुने छन् ।
त्यस्तै केन्द्रीय कमिटीले मनोनित गर्ने केन्द्रीय प्रतिनिधि ५ प्रतिशत राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुने छन् । गत स्थायी समितिले यसै भित्रबाट रहने गरी अखिल क्रान्तिकारीका पूर्व विद्यार्थी नेताहरुसहित १३ जनालाई केन्द्रीय प्रतिनिधिका रुपमा चयन गरिसकेको छ । थप प्रतिनिधि अब बस्ने स्थायी कमिटीले टुंग्याउने बताइएको छ ।
यस आलावा राष्ट्रिय सम्मेलनका लागि प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट हुने छन् । त्यसमध्ये प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते-अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने सर्कुलर अध्यक्ष प्रचण्डले १७ मंसिरमै पार्टीका मातहात कमिटीलाई पठाइसकेका छन् ।
‘भूगोलबाट निर्वाचित भएर ८ सय र केन्द्रीय पदाधिकारीबाट करिब ५ सय (केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट ३-३) जना राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनेछन्, त्यसबाहेक केन्द्रीय कार्यालयले ५ प्रतिशत मनोनित गरी बढीमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्,’ स्थायी कमिटीका एक सदस्यले भने ।
खान बस्न आफ्नै खर्चमा, प्रवेश शुल्क २ हजार
माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरुलाई खान र बस्नको व्यवस्थापन आफैले गर्नु पर्ने बताएको छ । पार्टीले कुनै पनि प्रतिनिधिलाई खान बस्नको व्यवस्था नगर्ने माओवादीले सर्कुलरमार्फत जनाइसकेको छ ।
प्रतिनिधिहरुलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको छ । २ हजार रुपैयाँ बुझाएपछि मात्रै प्रतिनिधिले बन्दशत्र हलभित्र प्रवेश पाउने छन् ।
यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन प्रचण्डले मातहात कमिटीलाई सर्कुलर गरिसकेका छन् । माओवादीले मंसिर २५ मा सबै प्रदेशको प्रदेश सम्मेलन एकैपटक गर्दै छ ।
विभिन्न तयारी समिति गठन
राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरेको छ । समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साह रहेको समिति गठन गरेको छ ।
व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा, जगत सिंखडा रहेको व्यवस्थापन समिति गठन भएको छ ।
त्यस्तै, कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

















पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया