कांग्रेस बागमतीको नतिजा सार्वजनिक, को को भए विजयी
काठमाडौँ । गत शनिबार सम्पन्न भएको सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उपसभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् ।
बस्नेत र महर्जन क्रमशः एक हजार ५९ र एक हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन् । उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतम एक हजार चार र राजेन्द्रप्रसाद बुर्लाकोटी ८३९ मतसहित पराजित भएका हुन् ।
यसैगरी, महामन्त्रीमा कञ्चन चन्द्र बादे र राजु श्रेष्ठ विजयी भएका छन् । सो पदका लागि माइकल रामचन्द्र अर्याल, तिलकप्रसाद रुवारी, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठको उम्मेदवारी परेको थियो । यस्तै, महिलातर्फको सहमहामन्त्रीमा निर्मला बस्ताकोटी (निरु खड्का) र मोतीमाया तामाङको उम्मेदवारी थियो ।
यसैगरी खुल्लातर्फको सहमहामन्त्रीमा ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी भएका छन् । उक्त पदका लागि सात जनाको उम्मेदवारी परेको थियो । जसमा वीरबहादुर तामाङ, महेन्द्र थिङ, राजकुमार पाठक, जगन्नाथ धिमाल र जयनारायण सापकोटा मतसहित पराजित भएका हुन् ।
कांग्रेस बागमतीको सभापतिमा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

















पर्सा – २ मा रास्वपाका कानु विजयी
नुवाकोट–२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
धनकुटामा एमालेको अग्रता, पछ्याउदै श्रम संस्कृति
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
४२ हजार बढी मतान्तरमा विष्णु पौडेललाई हराउँदै रास्वपाका सुलभ खरेल विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया