सरकारको काम ब्यवस्थित गर्न माओवादीले बनायो प्रचण्डकै नेतृत्वमा समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कांग्रेस नेतृत्वमा आफ्नो पार्टी समेत सम्मिलित सरकारको काम र पार्टीको कामलाई ब्यवस्थित गर्न समिति गठन गरेको छ । सरकारमा सहभागी ५ जना मन्त्री समेतलाई राखेर सरकार र पार्टी कामलाई ब्यवस्थित गर्न समिति गठन गर्ने निर्णय माओवादीले गरेको हो ।
अध्यक्ष प्रचण्डकै नेतृत्वमा त्यस्तो समिति गठन गरिएको प्रचण्डले मातहातका पार्टी कमिटिलाई पठाएको आन्तरिक परिपत्रमा उल्लेख छ । समितिमा हरिवोल गजुरेल सचिव रहनेछन् । त्यसमा देव गुरुङ पनि सदस्यउ रह्ने छन्। मन्त्रीहरुमा पम्फा भुसाल, जर्नादन शर्मा, देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराज सदस्य रहने छन् ।
मंसिर १७ मा प्रचण्डले गरेको सर्कुलरमा भनिएको छ,–‘सरकार र पार्टीको कामलाई व्यवस्थित गर्न अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वमा कमरेड हरिबोल गजुरेल सचिव रहने गरी कमरेड देव गुरुङ, कमरेड लीलामणि पोख्रेल र ५ जना माननीय मन्त्रीज्यू सम्मिलित एक समिति गठन गरिएको छ ।’











Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया