बुधबार, पुष २, २०८२

कांग्रेस सह-महामन्त्रीमा जीवन परियारले उम्मेदवारी दिने

मेरोन्यूज २०७८ मंसिर २१ गते ११:०२

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जीवन परियारले सह महामन्त्रीको उम्मेदवारी दिने घोषणा गरेका छन् । परियारले मंगलबार पत्रकार सम्मेलन गरे समाबेशी कोटाबाट आफुले उम्मेदवारी दिन लागेको बताएका हुन् । ‘पार्टीको महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्छु । समावेशी सहमहामन्त्रीमा मेरो उम्मेदवारी रहनेछ,’ परियारले पत्रकार सम्मेलनमा भने ।

उनले आफुले संस्थापन ईतर समुहबाट उम्मेदवारी दिने पनि बताए । उनले भने, –‘पार्टीको विधान कार्यान्वयन गर्ने भुमिका खेल्न आफुले उम्मेदवारी दिन लागेको हुँ ।’

प्रतिक्रिया