नेपालका मुस्लिमबारे संयुक्त राष्ट्रसंघको चासो

काठमाडौँ । संयुक्त राष्ट्रसंघले नेपालका मुस्लिम समुदायको अवस्थाबारे चासो राखेको छ । मंगलवार मुस्लिम आयोगका पदाधिकारीहरुलाई आयोगको कार्यालयमा भेट गरी संयुक्त राष्ट्रसंघको प्रतिनिधी मण्डलले नेपालका मुस्लिम समुदायको आर्थिक, सामाजिक अवस्था र मुस्लिम समुदायलाई परेका समस्याहरुको सम्बन्धमा चासो व्यक्त गरेको हो ।
संयुक्त राष्ट्रसंघको चरम गरिबी र मानव अधिकार हेर्ने विशेष टोलीको संयोजक ओलीभर डे स्कटरको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले आयोगले गरिरहेको काम, मुस्लिम समुदायको शिक्षाको अवस्था, भुगोल अनुसार बसोबासको अवस्था लगायतको विषयमा जिज्ञासा राखेको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । भेटको क्रममा आयोगका अध्यक्ष अन्सारीले आयोगले गरिरहेको काम र मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा जानकारी गराएका थिए ।
भेटबारे आयोगका अध्यक्ष अन्सारीले भने – ‘मुस्लिम आयोगले मुस्लिम समुदायको उत्थान र विकासको, त्यसको सशक्तीकरणको बारेमा जुन हाम्रो टिओआर छ, त्यो भित्र रहेर हामीले विभिन्न रिसर्चहरु गर्ने काम गरिरहेका छौँ । बढीभन्दा बढी शिक्षा क्षेत्रमा मुस्लिम समुदायलाई सामेल गराउनको लागि शिक्षाबाट बञ्चित भएका महिला, बालबालिकालाई बढीभन्दा बढी स्कुल मदरसामा हामीले पढाउनका लागि जुन प्रयास, कोसिस गरिरहेका छौँ यि लगायतका विषयमा कुरा उठ्यो । २०७८ सालको जनगणनामा बढीभन्दा बढी मुस्लिम समुदायलाई सहभागी हुन हामीले अपिल गरेका थियौँ । विभिन्न जिल्लामा कार्यक्रम गरेको थियौँ । यि सबै कामहरुको बारेमा हामीले जानकारी गरायौँ ।’
प्रतिनिधी मण्डलले नेपालको मुस्लिम समुदायको अवस्थाको सम्बन्धमा सन् २०२२ मा जेनेभामा हुने सम्मेलनमा रिपोर्ट पेश गर्ने बताएको आयोगका अध्यक्ष अन्सारीले जानकारी दिए ।
















स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया