मंगलबार, पुष १, २०८२

कांग्रेस महाधिवेशन : प्रतिनिधि बस्न होटल बुकिङ सुरु

मेरोन्यूज २०७८ मंसिर २१ गते १२:५१

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भाग लिन काठमाडौँ आउने महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको हो ।

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने छन् ।

‘चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ,’ पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।

‘अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ,’ संयोजक पाण्डेले भने । कांग्रेसको आगामी महाधिवेशनलाई मध्य नजर गर्दै मंसिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया