कांग्रेस महाधिवेशन
सभापति छान्न नसकेको पौडेल समुहमा महामन्त्रीको लाग्यो ‘लगभग’ टुंग्गो
मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीका साझा उम्मेदवार, निर्णय भएपनि घोषणा हुन बाँकी

काठमाडौं । कांग्रेसको महाधिवेशन शुरु हन चार दिन मात्रै वाँकी रहँदा समेत सभापतिको साझा उम्मेदवार चयन गर्न नसकेको रामचन्द्र पौडेल समुह दुई दिन यता निरन्तर छलफलमा छ । सभापतिका आकांक्षी नेताहरु पौडेल सहित डा. शेखर कोइराला, डा. शसांक कोइराला, प्रकाशमान सिंहले उम्मेदवारीको अडान छोडेका छैनन । सोमबार साँझ पनि पौडेल निवास बोहोराटारमा छलफलमा बसेका पौडेल पक्षका साभापतिका आकाक्षी नेताहरुको बैठक विनानिश्कर्ष टुग्गिएको थियो ।
सवैका अडान सभापतिमै अडिएपछि फेरि उनीहरु आज पनि छलफलमा बसेका छन् । युवा नेताहरुले सकभर साझा उम्मेदवार छान्न , नभए आन्तरिक मतदानवाट भएपनि उम्मेदवार छान्नुपर्नेमा शीर्ष नेताहरुमाथी दवाव वढाएका छन् । सभापति समेत रहेका प्रधानमन्त्री देउवा जिल्ला र प्रदेश अधिवेशनसम्मको नतिजामा वलियो देखिएपछि पौडेल समुहभित्र जसरी पनि मिलेरै जानुपर्ने दवाव छ ।
त्यही क्रममा नेताहरु छलफलमा बसेका हुन् ।
सभापतिको उम्मेदवार छान्न नसकेपनि पौडेल समुहले महामन्त्रीको उम्मेदवारका विषयमा भने साझा सहमति बनाएको पौडेल पक्षका एक नेताले बताए । ति नेताका अनुसार, पौडेल पक्षबाट महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापा प्रतिस्पर्धामा उत्रनेछन् ।
‘मिनेन्द्र र गगनको नाममा करिव सहमति जुटेको छ । यधपी यो घोषणा गरिएको छैन, सभापति टुग्गो लाग्ने वित्तिकै घोषणा हुन्छ । तर सवै शीर्ष नेताहरुका वीचमा मिनेन्द्र र गगनको नाममा समझदारी बनिसकेको छ,’ ति नेताले भने ।
देउवा पक्षवाट भने एनपी साउद र वालकृष्ण खाँणको नाम महामन्त्रीमा चर्चा छ ।
नेपाली कांग्रेस १४ औँ महाधिवेशन संघारमा छ । कांग्रेस महाधिवेशनमा सभापतिका आकाक्षीले प्यानल बनाउन नसक्दा कतिपय नेताहरुले ब्यक्तिगत रुपमा आफनो उम्मेदवारी घोषणा गर्दै मैदानमा उत्रिएका छन् ।
स्रोतका अनुसार पौडेल समूहबाट सभापतिको नाम टुंगो लागेसँगै उपसभापतिको नाम पनि टुंगो लाग्ने छ । उपसभापतिमा भने सभापतिका दाबेदारसमेत मिलाउनु पर्ने भएकाले नाम टुंगो नलागेको स्रोतले बतायो ।
सोमबार साँझ पौडेल निवास बोहोराटारमा बसेको बैठकले ४८ घण्टाभित्र साझा उमेदवारको नाम टुंगो लगाउने सहमति गरेको थियो । पौडेल पक्षका युवा नेताहरुले साझा उमेदवार तय गर्न नेताहरु तयार नभए हस्तक्षेपकारी भूमिका सुरु गर्ने चेतावनी दिएपछि नेताहरु दबाबमा परेका छन् ।
महामन्त्री डा शशांक कोइरालाले बोहोराटारमा भएको बैठकमा एउटा उम्मेदवार नभए सभापति देउवासँग चुनाव लड्नुको औचित्य नहुने भन्दै नेताहरुलाई मिल्न दबाब दिएका थिए । उनले सबैलाई स्वीकार्य हुने मान्छेको नाममा सहमति गरेर अगाडि जानुपर्ने भन्दै पौडेललाई साझा सभापतिको उमेदवार बनाउनु पर्ने संकेत गरेका थिए ।
अहिले कांग्रेसमा सभापतिमा संस्थापन समूहबाट शेबहादुर देउवा, पौडेल समूहबाट पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह, सस्थापन वाटै विमलेन्द्र निधि आकांक्षी देखिन्छन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया