काठमाडौँमा १० हजार पार्टी झण्डा राख्ने कांग्रेसको तयारी
मेरोन्यूज
२०७८ मंसिर २१ गते १३:४७

काठमाडौँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा रहेको छ । कांग्रेस प्रचार प्रसार समितिले एक सातादेखि पार्टीको कार्यक्रमका बारेमा प्रचार प्रसार गरेको छ ।
सोही कार्यक्रमअनुसार मंगलबार प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपलगायत काठमाडौँका विभिन्न स्थानमा १० हजार झण्डा राखिने प्रचार प्रसार समितिका प्रमुख विश्वप्रकाश शर्माले बताए । ‘आज झण्डा राख्ने कार्यक्रमको उद्घाटन गरेका हौँ,’ उनले भने, ‘आजबाट गेट निमार्ण, काठमाडौँका चोक चोकमा ब्यानर राख्ने कार्यक्रम रहेको छ ।’
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २४ देखि २७ गते काठमाडौँमा हुँदै छ ।
सम्बन्धित









आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया