शुक्रबार, पुष ४, २०८२

राष्ट्रियसभा सदस्यको निर्वाचन १२ माघमा (कार्यतालिकासहित)

मेरोन्यूज २०७८ मंसिर २१ गते १४:४३

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार आगामी माघ १२ गते गर्ने राष्ट्रियसभा निर्वाचनका लागि तालिका सार्वजनिक गरेको हो ।

आयोगको तालिका अनुसार निर्वाचनमा भाग लिन चहाने राजनीतिक दलले पुस १ देखि १० गतेसम्म दर्ता गर्नु पर्ने छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसारपुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने छ ।

यस्तै पुस १८ र १९ गते उम्मेदवारीमाथि परेका निवेदन तथा उजुरी उपर छानबिन र कारवाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने आयोगले जनाएको छ ।

यस्तै पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया