ओलीको कानुन ब्यवसायीलाई प्रश्न : तपाईंहरूको महाअभियोग प्रस्ताव दर्ता हुन्छ कसरी ?

काठमाडौं। प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणालाई महाअभियोगका लागि सहयोग माग गदै बालकोट स्थित निवासमै आईपुगेका नेपाल बार एसोसिएसनका पदाधिकारी सहितका कानुन ब्यवसायीहरुलाई एमाले अध्यक्ष केपी ओलीले महाअभियोग दर्ता चँही हुन्छ कसरी भन्द्र प्रश्न गरेका छन् ।
सत्ता गठवन्धनमा रहेका कतिपय राजनीतिक दलका दुई थरी कुरा रहेको र उनीहरुले डबलस्टान्यान्र्ड देखाईरहेको भन्दै महाअभियोग दर्ता सत्ता गठवन्धन दलका नेताहरुले नै नचाहेको बताएका हुन् ।
ओलीले बार अध्यक्ष चण्डेश्वरसहितका टोलीसग भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्नु भएन ? गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएका हुन् । अर्को नेता (प्रचण्ड) ले उहाँ त कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भन्नुभयो । लेनदेन भएकै होइन भनिरहेको छ भने महाअभियोग कसरी दर्ता हुन्छ ? दर्तै हुँदैन तपाईंहरूको महाअभियोग ।’
न्यायालय सुधारका लागि वार सहितले उठाएको विषय २० प्रतिशत मात्र रहेको र १०० प्रतिशत नै एजेण्डा उठाएर मात्र पूर्णता दिनुपर्ने ओलीको भनाई थियो ।
‘शेरबहादुरजी भनिरहनुभएको छ मलाई प्रधानमन्त्री बनाइदिएको छ, म कसरी हटाउँछु । राणाजी भनिरहनुभएको छ म संवैधानिक प्रक्रियाबाट मात्र छाड्छु । अझ सुनिन्छ एकपक्षका न्यायाधीश र वकिल बसेर चोलेन्द्र हटाएपछि कुन-कुन मुद्दामा कसरी फैसला गर्ने भन्ने सेटिङ भइसकेको छ ।’ ओलीले भने –‘यसरी न्यायालय कसरी चल्छ ?
न्यायलय अहिले ध्वस्त रहेको भन्दै ओलीले अहिलेको अवस्थावाट न्यायलयले स्वच्५ता र निस्पक्षता देखाउन नसक्ने बताए ।
‘हामी चाहान्छौं, यस स्थितीबाट न्यायलयलाई साच्चै स्वछन्द, निश्पक्ष र स्वतन्त्र बनाउनुपर्छ । स्वतन्त्र न्यायलयको धेरै कुरा गरेको हो । न्यायमूर्तिहरुले निश्पक्ष र न्यायिक मर्यादाभित्र रहनुपर्छ । स्वच्छ नैतिकता यसका निम्क्ति देखाउन सक्नुपर्छ । क्यान्सर भएको छ भने कुखुरा मन्साएर, अन्डा मन्त्राएर, धरो चढाएर त्यसको उपचार हुदैन । प्रधानन्यायाधीसको राजीनामा या महाअभियोग प्रस्थान विन्दु होइन, अन्त्य हो । त्यसवाट पूर्णविराम नै लाग्छ ।’
ओलीले आफुसाग संसदमा दुई तिहाई नरहेको भन्दै आफुहरुलाई वाधक नदेख्न ओलीले आगह् गरे ।
‘म सँग दुई तिहाई छैन, तपाईहरुलाई थाहा छ, हामी निर्णायक होइन, कोही पनि एक्लै निर्णायक छैन । तपाईहरुलाई परिरहेको छ, हामीलाई वाधक देखिरहनुभएको छ । कोही साथीहरु चलाख छन्, डवल रोल खेलिरहेका छन् । त उनीहरुले तपाईहरुलाई सँगै भए जस्तै गरिरहेको छ । गिभ एण्ड टेक नै भएको रहेनछ कसरी राजीनामा दिन्छ । ’ ओलीले भने ।
नेपाल बार एसोसिएसनका पदाधिकारी सहितका कानुन ब्यवसायीहरुले प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर जवरालाई महाअभियोग लगाउन राजनीतिक दललाई सहयोगको आग्रह गदै ओली निवास पुगेको हो ।
न्यायालयभित्रको समस्या न्यायलयले मात्रै समाधान गर्न नसक्ने अवस्था देखिएको र यसले समग्र ब्यवस्थामाथी नै पनि प्रश्न चिन्ह उठन सक्ने भन्दै यसतर्फ गम्भिर भएर सोच्न कानुनब्यवसायीले ओलीसँग आग्रह गरेका हुन् ।
ओली भने राणाको मात्र राजीनामाको पक्षमा छैनन । उनलाई सत्तावाट च्यूत गराउन परमादेश जारी गर्ने राणासहितका ५ जना न्यायाधीसले नै राजीनामा दिनुपर्ने ओलीको यस अगाडी भनाई रहँदै आएको थियो ।
भेटमा ओलीका प्रखरविरोधी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठसमेत सहभागी छन् भने एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी थिए ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया