चाक्सीबारी सिंह निवासमा बैठक, बाहिर प्रदर्शन

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक मंगलबार चार घण्टादेखि पूर्व महामन्त्री प्रकाशमानको निवास च्याक्सीबासीमा जारी छ ।
कांग्रेस नेताहरुको बैठक सिंह निवासमा भइरहँदा उनको निवास बाहिर भने कांग्रेसकै युवा कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
सिंह निवास भित्र नेताहरुको बैठक जारी रहँदा बाहिर पौडेल समुहकै युवाहरुको एक समूहले साझा उमेदवार तय गर्न भन्दै प्लेकार्डसहित प्रदर्शन गरेको छ । उनीहरुले संस्थापन इतरको समूहलाई मिलेर अगाडि बढ्न दबाब दिएका हुन् ।
प्रदर्शनमा सहभागी नेपाल विद्यार्थी संघका पूर्व सह–महामन्त्री टेकराज पौडेलले कांग्रेसलाई एकतावद्ध बनाएर महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गर्दै आफूहरुले प्रदर्शन गरेको बताए । नेताहरुले त्याग गरेर भएपनि पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढ्नुको विकल्प नभएको उनको भनाई छ ।
उनीहरूले अहिले नमिले कहिले मिल्ने, नेताहरू मिल्नुस् कांग्रेस जोगाउनुस्ु ,साझा उमेदावरको विकल्प छैन लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया