कांग्रेस महाधिवेशन
नेतृत्वको रस्साकस्सीः पौडेल समूहमा कसले गर्ने त्याग ?
रामचन्द्रका लागि शशांक ब्याक’

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफ्नो पक्षमा नेतृत्व हत्याउन संस्थापन पक्ष र संस्थापन इतर पक्ष जोडतोडले लागिरहेको छ ।
संस्थापन पक्षबाट स्वयं शेरबहादुर देउवा नै आगामी नेतृत्व हात पाउने दाउमा छन् तर उनी पक्षकै विमलेन्द्र निधिले सभापतिमा उम्मेवारी घोषणा गरेको महिनौं भइसक्यो ।
संस्थापन इतर (पौडेल) पक्षमा पनि उस्तै बबण्डर छ । महाधिवेशन शुरु हुन दुई दिन मात्रै बाँकी हुँदा पनि सहमति जुटाउन हम्मेहम्मे परेको छ ।
पौडेलसमूहबाट चार जनाले सभापतिमा लड्ने आकांक्षा राखेपछि कसकसले त्याग गर्ने भन्ने प्रश्न खडा भएको छ । पार्टी सभापतिमा आफ्नो पक्षबाट एक जना बलियो उम्मेदवार उठाउनुपर्ने बाध्यता पौडेल समूहलाई छ ।
संस्थापन इतर समूहबाट रामचन्द्र पौडेलसहित डा. शशांक कोइराला, नेता प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको दाबेदार छन् ।
पार्टी सभापतिको उम्मेदवार बन्ने सुरसारमा चारै जनाले देशब्यापी अभियान चलाएको वर्षौं भइसक्यो । तर अन्तिम समयमा एउटा साझा उम्मेदवार खडा गर्ने प्रयास स्वरुप मंगलबार घण्टौदेखि पौडेलसमूह छलफलमा छ ।
सोमवार पनि यो समूहको छलफल बरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको थियो । सोमवारको छलफलमा ४८ घण्टाभित्र साझा उम्मेदवार तय गर्ने निश्कर्षपछि मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आकांक्षी सहितका नेताहरु जुटे ।
निर्णायक भनिएको यो छलफलमा एकले अर्कालाई त्यागको कुरा गरिरहेका छन् ।
रामचन्द्रका लागि शशांक ब्याक’
संस्थापन इतर समुहका सभापतिका आकांक्षी डा. शशांक कोइरालाले अन्तिम समयमा रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताएका छन् ।
सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छाडिदिएको बताए ।
उनले भने– ‘रामचन्द्र पौडेल जीले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएको हँु ।’ यो छलफलमा नेता प्रकाशमान सिंहले भने आफू पछि हट्ने संकेत दिएका छैनन् ।
सहमति जुटे पौडेलले पनि त्याग गर्ने
आफ्नो समूहमा सहमति जुटाउनका लागि वरिष्ठ नेता पौडेलले पनि आफू त्याग गर्न तत्परता देखाएका छन् ।
आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउनकै लागि आफू एक पटक त्याग गर्न तत्पर देखिएको बताएका छन् । आफ्नो समूहका अरु नेताहरु नमिलेपछि पौडेलले आफूले नै त्याग गर्ने कुरा गरेका हुन् ।
‘तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । होइन भने मलाई नै सघाउनुस्,’ नेता पौडेलले चाक्सीबारी छलफलमा पुनः दोहोर्याएका छन् ।
नेताहरु त्यागको भावनामा देखिएकाले गर्दा साझा उम्मेदवार तय हुने विश्वास केन्द्रीय सदस्य गुरुराज घिमिरेले गरे ।
संस्थापन इतर समूहका नेताहरुलाई एकता कायम गर्न दबाब दिन सोही समूहका युवाहरुसमेत लागिरहेका छन् ।
जीतका लागि मिल्नुको विकल्प नभएको भन्दै युवाहरु मंगलबार विहानैदेखि चाक्सीबारीस्थित सिंह निवासमा प्लेकार्डसहित दबाब दिइरहेका छन् ।


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया