विदेश जान लागेका ७६ यात्रुलाई विमानस्थलबाट फर्काइयो

ललितपुर । ललितपुरस्थित एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ ।
उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए ।
“केही आशङ्का लागेपछि हामीले कागजपत्र माग्यौँ, चिट्ठी लेखेर सहकारीबाट जानकारी माग्छौँ भनेपछि उनीहरु डराए, कतिले त त्यसो भए हामी फर्कन्छौँ भनेर पनि फर्किए”, शाहीले भने । यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् । उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । “उनीहरु सम्पर्कमा आएको तर घटना मिलाउन खोजेको जस्तो देखिन्छ, कैफियत देखियो भने अधिकार प्राप्त संस्थाबाट अनुसन्धान हुन्छ,” शाहीले थपे ।
उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।
उनीहरु आइतबार राति त्रिभुवन विमास्थलबाट दुबई उड्दै थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्तिहरु भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिए ।
“सहकारीको लेटरप्याडबाट विदेश जान लागेका थिए”, महानिर्देशक भट्टराईले भने, “उनीहरु विदेश जानुको उद्देश्य के थियो, त्यसरी भ्रमण गर्ने अधिकार छ कि छैन, छ भने स्थानीय तहले नियमन गर्ने सहकारीले त्यहाँबाट आधिकारिक अनुमति प्राप्त गरेको हो कि होइन भन्ने जोडिन्छ ।” उनका अनुसार नियमन गर्ने निकायबाट अनुमति लिएर ल्याउन भनेर फर्काइएको हो । “हाम्रो उद्देश्य कोही पनि विदेश गएर अलपत्र नपरुन् भन्ने हो”, भट्टराईले भने । (रासस)
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया