सभापतिको उम्मेदवार चयन गर्ने पौडेल पक्षको बैठकमा शेखर नजाने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै दुवै पक्षले सभापतिको उम्मेदवार चयन गर्न बैठक बोलाएको छ । यस क्रममा आज बुधबार संस्थापन पक्षको बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
यस्तै, आज बुधबार संस्थापनइतर पक्षको बैठक अनुपम फुडल्याण्डमा बस्ने भएको छ । सभापतिको साझा उम्मेदवार तय गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्ने भएको हो । मंगलबार दिनभर सभापतिका आकांक्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापति चयन गर्न नसकेपछि आज पुनः बैठक बस्ने भएको हो ।
बैठकमा सभापतिको साझा उम्मेदवार छान्ने भएको हो । तर, यस बैठकमा नेता शेखर कोइराला नजाने भएका छन् । उनी निकट एक नेताले भने, ‘दाइले सभापतिमा उम्मेदवारी दिने तयारी गर्नु भएको छ ।’
बैठकमा पौडेल पक्षनिकट जिल्ला सभापति, पूर्वजिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेदवार र क्षेत्रीय सभापतिहरुसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया