कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा गुरुङको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । कांग्रेसले यसपटक खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नु पर्छ, मैले लामो समयदेखि पार्टी र आदिवासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङ भनिन्, ‘त्यही कारण मैले महिलातर्फ होइन, आदिवासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’
तेह्रथुमको आठराईमा जन्मिएकी गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर काम गरिन् । पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी १३ औँ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित भएकी थिइन् ।
०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ महिलाले चुनाव लडेका थिए । तीमध्ये गुरुङ प्रदेश १ कै एक्ली उम्मेदवार हुन् । बाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित भइन् । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्यसमेत हुन् ।
उनी ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।

















लमजुङमा रास्वपाका धर्मराज केसी विजयी
रौतहट–१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो
आक्रमणपछि इरानलाई साउदी अरेबियाले दियाे चेतावनी
चितवन-३ मा रास्वपाकी सोविता गौतम भारी मतान्तरका साथ विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया