शनिबार, फागुन २३, २०८२

कांग्रेस महाधिवेशन विशेष

संस्थापन समूहमा देउवा निर्विकल्प, पदाधिकारी छान्ने जिम्मा पनि देउवालाई

मेरोन्यूज २०७८ मंसिर २२ गते १७:०६

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन समूहमा पार्टी सभापति शेरबहादुर देउवा नै निर्विकल्प उम्मेदवार हुने भएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा संस्थापन समूहको बुधबारको बैठकमा देउवा नेतृत्वमा आवश्यक रहेको निश्कर्ष निकालेको छ ।

संस्थापन समूहका नेता विमलेन्द्र निधिले भने यसअघि नै सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आफ्नो पक्षका नेता निधिले उम्मेदवारी दिने अडान नछाडेपछि यो समूहका नेता कार्यकर्ता देउवालाई निर्विकल्प उम्मेदवार छानेका छन् । तर यसको औपचारिक निर्णय भने भएको छैन ।

कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । शुत्रबारदेखि महाधिवेशन शुरु हुने भएकाले संस्थापन इतर रामचन्द्र पौडेलसमूह पनि आफ्नो पक्षको साझा उम्मेदवारको प्रयासमा लागिरहेको छ ।

इतर पक्षमा पार्टी नेतृत्वको उम्मेदवारी दिनेबारेमा केही दिनयता छलफलमा रहिरहेकाबेला देउवाले पनि आफ्नो समूहका निधिबाहेकका नेताहरुलाई बुधबार आफ्नो निवास बुढा निलकण्ठमा डाकेका थिए ।

संस्थापन इतर समूहमा साझा उम्मेदवार बन्न नसकेमा दुई वा दुई भन्दा बढी उम्मेदवार खडा भएमा निधिले उम्मेदवार दिए पनि देउवाले जित्नेमा विश्वस्त छन् ।

पाँचौ पटक देशको प्रधानमन्त्रीसमेत भइसकेका प्रधानमन्त्री देउवाको यो दोस्रो कार्यकाल सभापति जित्न सकेमा भने तेस्रो कार्यकाल उम्मेदवार बन्न नपाउने कांग्रेसको विधानमा उल्लेख छ ।

पार्टी सभापतिको उम्मेदवार देउवालाई बनाउनुपर्ने निश्कर्ष निकालिए पनि पदाधिकारीका आकांक्षी भने धेरै छन् । त्यसैले पदाधिकारीको उम्मेदवार तय गर्ने जिम्मा पनि देउवालाई नै दिइएको छ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो पनि पढ्नुुस्

कांग्रेस महामन्त्रीमा संस्थापन पक्षबाट तीन जनाको दाबी

कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दै

कांग्रेस महाधिवेशनको तयारी तीब्र (तस्बीरहरु)

प्रतिक्रिया