बुधबार, पुष २, २०८२

कांग्रेस महामन्त्रीमा संस्थापन पक्षबाट तीन जनाको दाबी

मेरोन्यूज २०७८ मंसिर २२ गते १४:४७

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षबाट आसन्न चौधौं महाधिवेशनमा महामन्त्री पदका लागि तीन नेताले दाबी गरेका छन् ।


सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षीय नेताहरुको बैठकमा तीन नेताले महामन्त्री पदमा दाबी पेश गरेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार डा. प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले महामन्त्री पदमा दाबी गरेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया