राप्रपाले धार्मिक संघसंस्थासँग एकता गर्न वार्ता समिति बनायो
स्थानीय तह निर्वाचन परिचालन समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।
आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ ।
त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ ।
अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई १५ दिन भित्र ३ महिना भित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।
पुस महिनाभित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ ।
त्यसैगरी बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालगायतका सबैप्रति पनि आभार व्यक्त गरेको छ ।
बैठकमा अध्यक्ष लिङदेनले महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदिशा र लक्ष्य प्राप्तीका लागि क्रियाशील हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।


















सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया