कांग्रेस केन्द्रीय कमिटीको अन्तिम बैठक : ३ प्रतिवेदन पारित
कांग्रेसको कोषमा १० करोड रकम संचित

काठमाडौँ । नेपाली कांग्रेसको अन्तिम केन्द्रीय कमिटी बैठकले महाधिवेशन सम्बन्धि ३ प्रतिवेदन पारित गरेको छ । १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले तीन वटा प्रतिवेदन पारित गरेको हो ।
बैठकले राजनीति, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गरेको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक, कोषाध्यक्ष सितादेवि यादवका तर्फबाट आर्थिक र विधान संसोधन सम्बन्धिको प्रस्ताव पारित गरेको हो ।
कांग्रेसको कोषमा हालसम्म १० करोड रकम संचित रहेको प्रवक्ता शर्माले बताए । आज बसेको बैठकमा पदाधिकारी थप गर्ने विषयमा प्रस्ताव लैजाने तयारी गरिएको भएपनि पेस नभएको प्रवक्ता शर्माले जानकारी दिए ।
कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौँमा शुरु हुँदैछ । त्यसको तयारका विषयमा छलफल गर्न बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले त३ प्रतिवेदन पारित गरेको हो । बैठकमा पार्टीका वरिष्ठ नेता रामभन्द्र पौडेल उपस्थित भएका थिएन । पार्टी प्रवक्ता शर्माका अनुसार शुक्रबार १ बजे महाधिवेशननको उद्घाटन हुनेछ ।
उनले नीति अधिवेशनपछि मात्र हुने बताए । वरिष्ठ नेता पौडेलले बैठकमा नआउने पूर्व जानकारी गराएको उनले बताए । उनले भने ‘विभिन्न मत विमत हुँदै गर्दा केन्द्रीय नेतृत्वको पनि केही कुरामा मन अमिलो भएको छ ।’ उनका अनुसार २ घण्टामा उद्घाटन कार्यक्रम सकिने छ ।
कांग्रेसको उद्घाटन सत्रमा विदेशी पाहुनाले पनि सम्बोधन गर्ने छन् । उनका अनुसार बिदेशी पाहुना भारतबाट भाजपा र कांग्रेस आईका चार जना काठमाडौँ आइपुगिसकेका छन् । कांग्रेसको महाधिवेशनमा मतदान ३ ठाउँमा हुनेछ । भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान हुनेछ । मतदान ब्यालेट पेपरमा गरिने कांग्रेसले जनाएको छ ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया