शनिबार, पुष ५, २०८२

कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्नुपछ

मेरोन्यूज २०७८ मंसिर २३ गते १८:१७

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टी रुपान्तरणको प्रस्ताव अघि सारेका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् ।


आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको पनि उनले बताए ।

कांग्रेसले ‘म होइन हामी’ भनेर काम गर्ने बताए । कांग्रेसको सदस्य हुनु र चुनाव जित्नु भन्दा पनि संकल्पसहित काम गर्न दृढता आवश्यक पर्ने भन्दै उनले आफूले काम गर्नकै लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

प्रतिक्रिया