जलवायु परिवर्तनमा केन्द्रित ‘काठमाडौँ फिल्म फेष्टिवल’

काठमाडौँ । ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ)को १९औँ संस्करण आजदेखि शुरु भएको छ ।
‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ ।
महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने कार्यक्रममा जानकारी दिइएको थियो । अन्तरराष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट तीन र नेपाल पानोरमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गरिने जनाइएको छ ।
महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने दावी आयोजकको छ ।
महोत्सवमा फिक्शन, डकुमेन्ट्री, प्रयोगात्मक, छोटा तथा एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुने कार्यक्रम संयोजक निसिता थापा मगरले जानकारी दिइन् । यसपाली प्रत्यक्षरुपमा र अनलाइनसमेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।
अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको थियो । प्रमुख वक्ता भारतका पर्यायवरणविद सोनम वाङचुकले मानव जातिका कारण पर्यावरणमा परेको प्रभावप्रति गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए । उनले महोत्सवले त्यसलाई उजागर गर्ने आशा व्यक्त गरे ।
महोत्सवअनतरगत ‘क्लाइमेट कर्म’को विषयमा छलफलसमेत गराउने तथा फोटोसम्बन्धी प्रशिक्षणसमेत हुने छ । यस्तै महिनावारीसम्बन्धीसमेत छलफल कार्यक्रम राखिएको लिम्बुले जानकारी दिए ।
फेष्टिवलका एकजना निर्णयक चलचित्रकर्मी अनुप बरालले कतिपय कलाकार यस्तै महोत्सवमार्फत बाहिर आएको उल्लेख गर्दै काठमाडौँ माउन्टेन चलचित्र महोत्सवको छुट्टै महत्व रहेको बताए । “यहाँ सामान्य सिनेमा मात्रै छैन, अदभूत सिनेमा हेर्न पाइन्छ”, उद्घाटनसत्रमा बरालले भने, “यसले आफूभित्र फर्किएर जीवनलाई गहिरोरुपमा हेर्न सिकाउने छ ।”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकसित देशको कार्वन उत्सर्जनले हिमाली क्षेत्रमा असर गरिरहेको सन्दर्भ जोड्दै यसले नयाँ सन्देश दिने विश्वास व्यक्त गरे । उनले बोर्डसमेतले जलवायु, संस्कृति र जीवनलाई जोडेर विषय पस्किने प्रयास गरेको जानकारी दिए ।
अन्तरराष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले दुई लाख, दोस्रो, तेस्रोले क्रमशः एक लाख ५० र एक लाख पुरस्कार पाउनेछन् । नेपाली पनारोमा अन्तरगतको उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट फिक्सनका लागि एक लाख पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिनेछ । रासस














विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया