कांग्रेस महाधिवेशन : एकै मञ्चमा देखिदै ओली, प्रचण्ड र माधव

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज उद्घाटन हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुने उद्घाटनसत्रमा प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन तथा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले महाधिवेशनमा नेपाली राजनीतिक दलका शीर्ष नेताहरूसहित विदेशी राजनीतिक दललाई समेत निमन्त्रणा गरेको छ । यसका लागि कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)लगायत दललाई निमन्त्रणा गरिसकेको छ । यस्तै, भारतीय जनता पार्टी (भाजपा), कांग्रेस आईका प्रतिनिधिको उपस्थिति हुने भएको छ ।
कांग्रेसले आफ्नो महाधिवेशनमा ठूला दलहरूलाई निम्तो दिएसँगै शीर्ष नेताहरू लामो समयपछि पुनः एउटै मञ्चमा देखिने भएका छन् । प्रधानमन्त्री देउवासहित प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदारी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू एकै मञ्चमा देखिने भएका हुन् ।
एमाले अध्यक्ष ओलीलाई निम्तो दिन कांग्रेसका मुख्य सचिव ओली निवास बालकोट पुगेका थिए । उनी आफ्नो पार्टीको महाधिवेशनमा आउने वा नआउने निधो गर्न देउवाले प्रकाशशरण महतलाई बालकोट पठाएका थिए ।
हिजो बिहीबार एमालेले राखेको पत्रकार सम्मेलनमा विरामी भएर जान नसकेको ओलीले आज कांग्रेसको महाधिवेशनमा जाने सन्देश पठाएका थिए । ओलीले पठाएको सन्देशसँगै कांग्रेस महाधिवेशनमा देउवा, ओली, प्रचण्ड, नेपालसहित शीर्ष नेताहरू एकै ठाउँमा देखिने भएका हुन् ।
गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री पदमा रहँदा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गरेसँगै उनको विरोधमा शीर्ष नेताहरू सडकमा उत्रिएका थिए । त्यसपछि उनीहरू एकआपसमा नजिकसमेत भएका थिएनन् । तर, आज कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा एउटै मञ्चमा देखिने भएका हुन् ।
यसअघि, गत ९ गते चितवनमा भएको एमालेको १० औँ महाधिवेशन उद्घाटनसत्रमा देउवा, ओलीसहित केही नेताहरू एकै मञ्चमा देखिएका थिए । एमालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत सम्बोधन गर्न निम्तो पठाए पनि उनी गएका थिएनन् । एमालले पार्टी फुटाएर गएको नेकपा एसलाई भने निम्तो नै गरेको थिएन ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया