शनिबार, पुष ५, २०८२

देउवाजी तपाईको बजेटमा कृषिमा जोड दिनुस्ः शशांक

मेरोन्यूज २०७८ मंसिर २४ गते १७:३२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कृषि क्षेत्रमा बजेट छुट्उन सुझाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तब्यका क्रममा डा. कोइरालाले कृषिबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको बताए ।

वर्तमान सरकारले कृषि क्षेत्रमा २ प्रतिशत मात्रै बजेट छुट्याएको भन्दै कोइरालाले कृषिमा जोड दिन सरकारलाई आग्रह गरे ।

‘बीपी कोइरालाले २५ प्रतिशत कृषिमा बजेट छुट्याउनु भएको थियो । अहिले २ प्रतिशत मात्रै कृषिमा बजेट छुट्याइएको छ’, डा.कोइरालाले भने, ‘प्रधानमन्त्री देउवाजी तपाईँको बजेटमा कृषिमा जोड दिनुस् ।

कांग्रेस महामन्त्री कोइरालाले अब हलो जोतेर कृषि नहुने भन्दै प्रविधिमा जोड दिएका छन् ।

प्रतिक्रिया